काठमाडौं। लक्ष्मी बैंकले ल्यापट, कम्प्युटर तथा सम्बन्धित उपकरणहरुको खरीद गर्न शतप्रतिशतसम्म ऋण दिने भएको छ ।
कोरोना रोकथामका लागि अपनाइएको लकडाउनका कारण घरैबाट काम गर्नुपर्ने अवस्थालाई मध्येनगर गर्दै बैंकले यस्तो योजना ल्याएको हो ।
यो सुविधा अन्तर्गत बैंकले ग्राहकलाई खरिद मूल्यको शतप्रतिशतसम्मको कर्जा शून्य प्रतिशत शुल्कमा उपलब्ध गराउने छ । यस्तो कर्जाको ब्याजदर वार्षिक १२ प्रतिशत हुने बैंकले जनाएको छ ।
बैंकले एसर, एप्सन, डेल तथा एप्पल ब्रान्डका ल्यापटप तथा कम्प्युटर उपकरण खरीद गर्न बैंकले ऋण दिने छ।