कोरोनाको औषधि पत्ता लागेको वेलायती वैज्ञानिकहरूको दाबी

काठमाडौं । विगत ६ महिनादेखि कोरोनाको औषधिबारे अनेक अडकलबाजी तथा हल्ला चलिरहेको बेला वेलायतका वैज्ञानिकहरुले भने भाइरस नियन्त्रण गर्ने प्रभावकारी औषधि पत्ता लागेको दाबी गरेका छन् ।

 

बेलायतका अनुसन्धानकर्ताहरूले कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग पुग्ने औषधि फेला पारेको दाबी गरेका हुन् ।

 

विश्व स्वास्थ्य संगठनदेखि विकसित मुलुकका अनेकौं कम्पनी तथा प्रयोगशालाहरु खोपको विकासमा लागिरहेका बेला वेलायतका विज्ञहरुले ‘डेक्सामिथासोन स्टेरोयड’ नामक औषधि कोभिड १९ को उपचारमा उपयोगी हुने बताएका हुन् ।

 

यसले गम्भीर अवस्थामा पुगेका बिरामीहरुलाई बचाउन उल्लेख्य सफलता मिलेको बीबीसीले बताएको छ । हालसम्म गरिएका अनुमानहरुको तुलनामा अकल्पनीय सस्तो रहेको सो औषधीले भेन्टिलेटर र अक्सिजनको सहायतामा राखिएका बिरामीको ज्यान बाँच्न सक्ने संभावना बढ्ने बताइएको छ ।

 

वेलायतले सुरुदेखि नै यस औषधिको प्रयोग गरेको भए कम्तिमा ५ हजार मानिसको ज्यान जोगाउन सकिने विज्ञहरुले अनुमान गरेका छन् ।

 

भेन्टिलेटरमा राखिएका प्रत्येक ८ बिरामीमा एक र अक्सिजन दिइएका २५ मध्ये एकको ज्यान जोगाउन सकिने बीबीसीले बताएको छ ।

 

कोरोनाभाइरसको उपचारको अनुसन्धानमा डेक्सामेथासोन उपयोगी हुन्छ भन्ने थाहा पाउनु उपलब्धी भएको विज्ञहरुले बताएका छन् । कम मूल्यमै उपलब्ध हुने भएकाले विकासशील मुलुकहरुका लागि यो खासरुपमा प्रभावकारी हुने छ ।

 

१९६० देखि नै प्रयोगमा आएको यो पुरानो औषधि हो जुन दम र रुमटोइड आर्थराइटिसको उपचारका लागि प्रयोग हुने गर्छ । यो इन्जेक्सन र चक्की दुवै रुपमा प्रयोग गर्न सकिन्छ ।

लक्ष्मी बैंकले ल्यापट, कम्प्युटर किन्न शतप्रतिशत ऋण दिने Read Previous

लक्ष्मी बैंकले ल्यापट, कम्प्युटर किन्न शतप्रतिशत ऋण दिने

१२ अर्ब लगानीमा भृकुटीमण्डपमा अत्याधुनिक मेगा हल निर्माण हुने Read Next

१२ अर्ब लगानीमा भृकुटीमण्डपमा अत्याधुनिक मेगा हल निर्माण हुने