म्याच फिक्सिङ मुद्दामा सागर थापासहित ६जनाले पाए सफाइ

काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित सबै खेलाडीले म्याच फिक्सिङको मुद्दामा अन्तिम सफाइ पाएका छन् ।

 

सर्वोच्च अदालतले मंगलबार यसअघि विशेष अदालतले गरेकै फैसला सदर गर्दै  तत्कालीन फुटबल टोलीका ६ जना सदस्यलाई  नै सफाइ दिएको हो ।

 

मंगलबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै तत्कालीन फुटबल टोलीका  कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालेलाई अन्तिम सफाइ दिएको हो ।

 

विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल खेलमा म्याच फिक्सिङ गरेको भन्दै २०७२ असोज २७ गते प्रहरीले तत्कालिन कप्तान सागर थापासहित खेलाडीलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

 

उनीहरुलाई २०७५ जठ २४ गते विशेष अदालतले म्याच फिक्सिङ सम्बन्धी कानून नभएको भन्दै सफाइ दिएको थियो ।

थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो, एकैदिन ११७ निको भए Read Previous

थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो, एकैदिन ११७ निको भए

लक्ष्मी बैंकले ल्यापट, कम्प्युटर किन्न शतप्रतिशत ऋण दिने Read Next

लक्ष्मी बैंकले ल्यापट, कम्प्युटर किन्न शतप्रतिशत ऋण दिने