थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो, एकैदिन ११७ निको भए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

 

अहिलेसम्म नेपालका ७७ मध्ये ७३ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।

 

पछिल्लो २४ घण्टामा ११७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म १ हजार १५८जना कोरोना संक्रमित निको भइसकेका छन् भने १९ जनाको मृत्यु भएको छ ।

कनेक्ट आइपीएसको दैनिक कारोबार २ अर्ब नाघ्यो Read Previous

कनेक्ट आइपीएसको दैनिक कारोबार २ अर्ब नाघ्यो

म्याच फिक्सिङ मुद्दामा सागर थापासहित ६जनाले पाए सफाइ Read Next

म्याच फिक्सिङ मुद्दामा सागर थापासहित ६जनाले पाए सफाइ