काठमाडौं । आइएमईले रेमिट्यान्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न ‘आइएमई घरमै– रू. १ लाख जितौं’ भन्ने उपहार कार्यक्रम योजना प्रस्तुत गरेको छ।
रेमिट्यान्सलाई एजेन्ट कहाँ गई रकम लिन सकिने भए पनि हाल बाहिर निस्किदा संक्रमणको जोखिम भएकाले आफ्नो फोनमै रकम प्राप्त गर्नसक्ने गरी यो योजना सार्वजनिक गरिएको हो।
यस अन्तर्गत गत सनिबारबाट सुरू गरिएको ‘आइएमई घरमै’ उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ।
त्यसैगरी हरेक हप्ता ५ जनालाई जनही ५ हजार प्रदान गरिनेछ। सेवाग्राहीमुखी यो योजना असारको अन्त्यसम्म मात्र लागू गरिएको कम्पनीले बताएको छ।
स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रुपैयाँ बोनस स्वरूप प्राप्त गर्न सकिनेछ।
विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिने कम्पनीको भनाइ छ।