स्टक डिलरको अनुमति प्रक्रिया अगाडि बढाउन नागरिक लगानी कोषलाई बोर्डको पत्रचार

काठमाडौं । धितोपत्र बोर्डले स्टक डिलरको अनुमति लिने प्रक्रिया शिघ्र अगााडि बढाउन नागरिक लगानी कोषलाई पत्रचार गरेको छ ।

 

नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापित लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया शिघ्र अगाडि बढाउन बोर्डले सोमबार पत्राचार गरेको हो ।

 

बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्थाका लागि धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा संशोधन गरिसकेको छ ।

 

साथै, पूँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न आगामी आर्थिक वर्ष स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने नेपाल सरकारको बजेट बक्तव्यमा समेत उल्लेख भएको छ ।

अब मोबाइल वालेटमा पैसा राख्दा ब्याज पाइने Read Previous

अब मोबाइल वालेटमा पैसा राख्दा ब्याज पाइने

आइएमईले ल्यायो ‘आइएमई घरमै रू. १ लाख जितौं’ योजना Read Next

आइएमईले ल्यायो ‘आइएमई घरमै रू. १ लाख जितौं’ योजना