माछापुच्छ्रे बैंकको ऋणपत्रमा लगानीको अवसर, वार्षिक १०.२५ प्रतिशत ब्याज पाइने

काठमाडौं । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले आजदेखि ‘माछापुच्छ्रे डिवेञ्चर – २०८५ ’  नामको ३० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो । यसको खरिद मूल्य प्रति कित्ता १ हजार रुपैयाँ रहेको छ ।

 

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार निष्काशित ३० लाख इकाईमध्ये सामूहिक लगानी कोषकालाई छुट्टाइएको ६० हजार सहित १२ लाख कित्ता ( १ अर्ब २० करोड रुपैयाँको) सर्वसाधारणका लागि खुला गरिएको छ । बाँकी रहेको १८ लाख कित्ता (१ अर्ब ८० करोड रुपैयाँको) ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

 

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ९ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा भदौ ३ गतेसम्म खुला रहनेछ ।

 

बैंकको ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ ।

 

यस ऋणपत्रलाई आइसिआर नेपालले आइआर–ए–माइनस रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ ।

 

बैंकले अहिले सातै प्रदेशमा आफ्ना १३२ वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२६ स्थानबाट ६ लाद भन्दा बढी ग्राहकलाई बैकिंग सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर १४४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

सहुलियत ऋण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न Read Previous

सहुलियत ऋण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

क्लासीक टेकको नयाँ अफर, ४७१ रुपैयाँमा ५० एमबीपीएस स्पीड Read Next

क्लासीक टेकको नयाँ अफर, ४७१ रुपैयाँमा ५० एमबीपीएस स्पीड