क्लासीक टेकको नयाँ अफर, ४७१ रुपैयाँमा ५० एमबीपीएस स्पीड

क्लासिक टेक प्रालि ले नेपालमा इन्टरनेट सेवा सुरु गरेको १० बर्ष भएको छ। विश्वकै उत्कृष्ट जिओपीएन प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै नेपालको मुख्य सहरहरुमा सेवा उपलब्ध गराइरहेको छ । ७७ जिल्लामा सेवा तथा २१ वटा भन्दा बढी शाखाको स्थापना गरि करिब ९०० दक्ष जनशक्तिहरुका माध्यमबाट निरन्तर रुपले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

 

यस कम्पनीसँग हाल १०० जिबीपीएस् को फाईबर ब्याकबोन रहेको छ, भने एयरटेल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ । यसका साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ ।

 

आफ्नो दशौ बार्षिक उत्सवको उपलक्षमा यस क्लासिक टेक ले मात्र ४७१ प्रति महिनाको दरमा ५० एमबीपीएस स्पीड को सेवा बजारमा ल्याएको छ । एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्ध गराउने कम्पनीले जानकारी गराएको छ ।

माछापुच्छ्रे बैंकको ऋणपत्रमा लगानीको अवसर, वार्षिक १०.२५ प्रतिशत ब्याज पाइने Read Previous

माछापुच्छ्रे बैंकको ऋणपत्रमा लगानीको अवसर, वार्षिक १०.२५ प्रतिशत ब्याज पाइने

नेप्सेमा सामान्य सुधार, साढे ३१ करोडको कारोबार Read Next

नेप्सेमा सामान्य सुधार, साढे ३१ करोडको कारोबार