सहुलियत ऋण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । धादिङमा भूकम्पबाट प्रभावित लाभग्राहीलाई प्रदान गरिने सहुलियत दरको ऋण बारेमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम जिल्लाको ज्वालामुखी गाउँपालिका, नीलकण्ठ नगरपालिका तथा धुनवेशी नगरपालिकामा सञ्चालन गरिएको थियो ।

 

युके एडको (सक्षम एक्सेस टु फाइन्यान्स) को आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम असार ३१ गते देखि साउन २ गतेसम्म तीन दिन सञ्चालन गरिएको थियो ।

 

कार्यक्रमा भूकम्प प्रभावित लाभग्राहीले सहुलियत ऋण लिनको लागि चाल्नु पर्ने प्रक्रिया, त्यसको लागि आवश्यक पर्ने कागजातलगायतका विविध पक्षका बारेमा जानकारी दिइएको थियो ।

 

कार्यक्रमहरूमा सम्बन्धित गाउँ/नगरपालिकाका विभिन्न वडा अध्यक्षहरू, उक्त क्षेत्रमा रहेका विभिन्न बैंकका शाखा प्रमुखहरू, तथा लाभग्राहीको सहभागिता रहेको थियो । प्राधिकरणका प्रतिनिधिहरूले कार्यक्रममा आएका जिज्ञासाहरूको उत्तर दिएका थिए ।

फागुनमा पर्यटन लगानी सम्मेलन हुने Read Previous

फागुनमा पर्यटन लगानी सम्मेलन हुने

माछापुच्छ्रे बैंकको ऋणपत्रमा लगानीको अवसर, वार्षिक १०.२५ प्रतिशत ब्याज पाइने Read Next

माछापुच्छ्रे बैंकको ऋणपत्रमा लगानीको अवसर, वार्षिक १०.२५ प्रतिशत ब्याज पाइने