काठमाडौं । नेपालको आफ्नै झण्डा अंकित नेपाली कन्टेनरमा समुद्रपारबाट सामान आयात गर्दै आएको नेपाल सिपिङ लाइन्सले आफ्नो सेवालाइ सुचारु राखेको छ ।
भारत तथा अन्य तेस्रो मुलुकबाट सामान आयात गर्न कठिनाइ उत्पन्न नहोस भन्ने उद्धेश्यले लाइन्सले सेवा सुचारु राखेको जनाएको छ ।
अहिले लाइन्सका हजारौं कन्टेनरहरु अहिले ढुवानी सेवा दिन तयारी अवस्थामा छन् । त्यसैगरी, निर्यात कार्गोका लागि वीरगञ्जमा कन्टेनरहरु स्टकमा राखिएको छ ।
कोरोना महामारीका बेला आवश्यक पर्ने खाद्यान्न, औषधि र स्वास्थ्य सुरक्षाजन्य सामग्रीको आयात छिटो छरितो गर्न लाइन्सले सेवा दिइरहेको कम्पनीले जनाएको छ ।
सामान निर्यातमा पनि कन्टेनरले सेवा उपलव्ध गराउने र निर्याकर्ताको समय बचत हुनुको साथै विदेशी मुद्रा पलायनमा सहयोग पुग्ने लाइन्सले जनाएको छ ।
सेवा लिँदा अग्रिम भुक्तानी गर्नुपर्ने झन्झटबाट आयातकर्ता मुक्त गरी गुणस्तरीय सेवा, प्रतिस्पर्धी ढुवानी दर रेट र कमभन्दा कम ट्रान्जिट समयमा सामान ढुवानीमै सेवा दिइएको लाइन्सले जनाएको छ ।
सरकारले लिएको ‘सुखी नेपाली र समृद्ध नेपाल’को लक्ष्य पूरा गर्न लाइन्सले आवश्यकताअनुसार कन्टेनरहरुबाट ढुवानी सेवा दिएको छ । निकट भविष्यमा नै नेपालको आफ्नै जलमार्ग कोशी तथा गण्डक क्षेत्रमा नेपाली पानीजहाजबाट सेवा विस्तार गर्ने लाइन्सले जनाएको छ ।