काठमाडौं । डिशहोमले ‘डिशहोममा डिलर दाईको डिस्काउण्ट’ नामक योजना अन्तर्गत जेठ २३ देखि २९ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर मेगा लक्की ड्र सम्पन्न गरेको छ ।
मेगा लक्की ड्र जेष्ठ ३० गते शुक्रबार साँझ ५ बजे डिशहोमका सोकेस च्यानल नम्बर १०० बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति १ लाख नगद प्राप्त गरेको कम्पनीले जनाएको छ ।
मेगा लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको CASID No. 71912253706, 02558099687 लाई विजेता घोषणा गरिएको छ ।