पसल र डिपार्टमेन्ट स्टोर खुल्ने, सपिङ मल भने खोल्न नपाइने

काठमाडौं । सरकारले सबै किसिमका उद्योगसहित पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेको छ ।

 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।

 

उनका अनुसार लकडाउन कायमै रहे पनि अब उद्योग, व्यापार, व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाइने भएको छ । तर सपिङ मल भने खोल्न पाइने छैन ।

 

यस्तै, सरकारले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने भएको छ । रेस्टुरेन्ट खोल्न पाइने भए पनि त्यहाँ ग्राहकले भीडभाड गर्न पाउने छैनन् । ग्राहकले रेस्टुरेन्टसम्म पुगेर प्याकिङको अर्डर गरेर घर तथा अफिसमा लगेर खान सक्ने छन् । तर होटल तथा नाइट क्लबहरु भने खोल्न पाइने छैन ।

अब मोटरसाइकलमा एक र निजी गाडीमा दुई जना मात्र चढ्न पाइने Read Previous

अब मोटरसाइकलमा एक र निजी गाडीमा दुई जना मात्र चढ्न पाइने

सरकारी र निजी कार्यालय दुई सिफ्टमा संचालन हुने Read Next

सरकारी र निजी कार्यालय दुई सिफ्टमा संचालन हुने