कामठाडौं । अब मोटरसाइकलमा एकजना मात्र चढ्न पाइने भएको छ ।
सरकारले लकडाउनको खुकुको बनाउँदै पास बिनाका मोटरसाइकल पनि चलाउन दिने भएको छ । तर, मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले अब मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने जानकारी दिएका हुन् ।
त्यस्तै सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । त्यस्तै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ । आजदेखि नै यो व्यवस्था लागू हुने प्रवक्ता खतिवडाले जानकारी दिए ।
यस्तै, कार लगायत निजी सवारी साधनमा भने चालक बाहेक दुई जना मात्र बस्न पाइने छ । निजी सवारी साधान उपत्यकाभित्र जोर विजोर लागू गरेर सञ्चालन गर्न दिइनेछ ।
उपत्यका बाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने भएको छ । सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ ।