१८ लाख ४० हजार कित्ता आइपीओ निष्काशन गर्न चन्द्रागिरी हिल्सले दियो बोर्डमा आवेदन

काठमाडौं । चन्द्रागिरी हिल्सले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

 

कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको हो।

 

कम्पनीले धितोपत्र निष्काशन सम्बन्धी काम गर्न यसअघि नै ग्लोबल आइएमई क्यापिटललाई जिम्मा दिइसकेको छ ।

 

कम्पनीले दिएको आवेदन बोर्डले स्वीकृत गरेपछि सर्वसाधारणका लागि आइपीओ जारी गर्नेछ।

 

चन्द्रागिरी हिल्सले काठमाडौंको चन्द्रागिरीमा केबलकार सञ्चालन गरिरहेको छ भने त्यहाँ होटल, रिसोर्टलगायतका संरचनाहरु निर्माण गररिरहेको छ ।

खर्च गर्न नसक्ने भएपछि मध्यपहाडी लोकमार्गको ४ अर्ब फिर्ता Read Previous

खर्च गर्न नसक्ने भएपछि मध्यपहाडी लोकमार्गको ४ अर्ब फिर्ता

अब मोटरसाइकलमा एक र निजी गाडीमा दुई जना मात्र चढ्न पाइने Read Next

अब मोटरसाइकलमा एक र निजी गाडीमा दुई जना मात्र चढ्न पाइने