काठमाडौं । सरकारले भौतिक भीडभाड कम गर्नका लागि निजी र सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय तत्कालका लागि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
सरकारी कार्यालय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्य सम्बन्धी र गृह मन्त्रालयले जारी गरेको सुरक्षा सम्बन्धी प्रोटोकलको पालना गर्नुपर्ने खतिवडाले जानकारी गराए ।