टर्कीले पनि शुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान, विमानस्थल प्रवेश गर्न कडा नियम पालना गर्नुपर्ने

कोरोना भाइरस प्रसार रोक्ने उद्देश्यले टर्कीले गत मार्च २८ देखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः शुरु गरेको छ ।

 

टर्कीस एयरलाइन्सद्वारा प्रबद्र्धित अनादोलु जेटको एउटा विमान इस्तानबुलको सबिहा गोक्सेन विमानस्थलबाट लन्डनका लागि स्थानीय समय अनुसार बिहान ८:४० बजे प्रस्थान गरेको छ ।

 

त्यसलगत्तै नेदरल्याण्ड्सको आम्सटर्डम र जर्मनीको डुसेलडोर्फका लागि पनि विमानहरु प्रस्थान गरेको टर्कीका अधिकारीहरुले बताएका छन् ।

 

यसैबीच, टर्कीस एयरलाइन्सको अर्को विमान इस्तानबुल विमानस्थलबाट जर्मनीको डुसेलडोर्फका लागि प्रस्थान गरेको छ ।

 

यी विमानमा सम्बन्धित मुलुकका नागरिक वा ती मुलुकमा बस्नका लागि अनुमतिप्राप्त व्यक्तिलाई मात्र यात्रा गर्न दिइएको छ ।

 

विमानस्थलमा प्रवेशका लागि निकै कडा नियमहरु जारी गरिएको विमानस्थलका अधिकारीहरुले बताएका छन् । प्रत्येक यात्रुको शरीरको तापक्रम जाँच्नुका साथै वैध टिकट भएका व्यक्तिलाई मात्र विमानस्थलमा प्रवेश गर्न दिइएको छ ।

 

टर्कीले घरेलु उडानहरु गत जुन १ तारिखबाटै शुरु गरिसकेको छ ।

अब लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने Read Previous

अब लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने

थप २५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४६१४ पुग्यो Read Next

थप २५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४६१४ पुग्यो