थप २५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४६१४ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६१४ जनामा कोरोना देखिएको हो ।

 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २३० जना पुरुष र २० जना महिलामा कोरोना संक्रमण देखिएको हो।

 

अहिलेसम्म नेपालका ७७ मध्ये ७२ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।

 

पछिल्लो २४ घण्टामा १८७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ८६१ जना कोरोना संक्रमित निको भइसकेका छन् भने १५ जनाको मृत्यु भएको छ ।

टर्कीले पनि शुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान, विमानस्थल प्रवेश गर्न कडा नियम पालना गर्नुपर्ने Read Previous

टर्कीले पनि शुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान, विमानस्थल प्रवेश गर्न कडा नियम पालना गर्नुपर्ने

खर्च गर्न नसक्ने भएपछि मध्यपहाडी लोकमार्गको ४ अर्ब फिर्ता Read Next

खर्च गर्न नसक्ने भएपछि मध्यपहाडी लोकमार्गको ४ अर्ब फिर्ता