सुनको भाउ बढेको बढ्यै, तोलाको ९० हजार नजिक

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ ।

 

करिब साढे २ महिनापछि आइतबारदेखि कारोबार खुलेको सुनको भाए एकहप्तामै करिब ४ हजारले उकालो लागेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन १ हजार रुपैयाँ बढेर तोलाको ९० हजार रुपैयाँ नजिक पुगेको छ।

 

बिहीबार प्रतितोला छापावाल सुन ८९ हजार ६००रुपैयाँ र तेजाबी सुन ८९ हजार १६० रुपैयाँ कायम भएको छ।

 

लकडाउनको पछि आइतबार कारोबार खुल्दा कारोबार एकैपटक तोलामा १० हजार ४०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ८७ हजार ४०० रुपैयाँ कायम भएको थियो। तेजाबी सुन भने १० हजार २६० रुपैयाँ बढेर प्रतितोला ८६ हजार ९६० रुपैयाँ कायम भएको थियो।

 

यसैगरी चाँदीको भाउ बिहीबार तोलामै २० रुपैयाँ बढ्दै ९५० रुपैयाँ कायम छ। चाँदी प्रतितोला मंगलबार बुधबार ९३० रुपैयाँ कायम भएको थियो।

कोरोनाका बाहानामा देशभर मल अभाव, मन्त्रालय भन्छ-५० हजार मेट्रिकटन मल कलकत्तामा छ Read Previous

कोरोनाका बाहानामा देशभर मल अभाव, मन्त्रालय भन्छ-५० हजार मेट्रिकटन मल कलकत्तामा छ

पूँजीगत खर्चको अवस्था दयनीय, ११ महिनामा जम्मा ३० प्रतिशत मात्र खर्च Read Next

पूँजीगत खर्चको अवस्था दयनीय, ११ महिनामा जम्मा ३० प्रतिशत मात्र खर्च