काठमाडौं । नेपाल ग्यासले आफ्ना २ हजार वटा सिलिण्डर नष्ट गरेको छ।
कम्पनीले पुनः प्रयोगमा लयाउन नमिल्ने खालका २ हजार सिलिन्डर नष्ट गरेको हो । त्यस्ता सिलिण्डर पुनः प्रयोगमा ल्याउँदा उपाभोक्तालाई असुरक्षा हुने भन्दै कम्पनीले नष्ट गरेको हो ।
उपभोक्ताहरूको सुरक्षा तथा ग्यास प्रयोगबाट सुरक्षित हुने गरी भविष्यमा पनि प्रयोगमा ल्याउन नमिल्ले सिलिण्डर नष्ट गर्ने कम्पनी बताएको छ।
कम्पनीले समय समयमा आफ्ना पुराना सिलिण्डरको गुणस्तर जाँच गर्दै पुनः प्रयोग गर्न नमिल्ने सिलिण्डर नष्ट गर्दै आएको छ ।