भाइबर र फेसबुकबाट खाता खोल्दा एनएमबी बैंकले ५०० नगद फिर्ता दिने

काठमाडौं । एनएमबी बैंकले भाइबर र मेसेन्जर मार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैंकिङ कारोबारमा १० प्रतिशत छुट दिने भएको छ। साथै ५०० रुपैयाँ सम्मको नगद फिर्ता योजना प्रस्तुत गरिएको छ।

 

दैनिक उपभोग्य वस्तुको भुक्तानी, टप-अप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था गरिएको छ।

 

यस योजनाअन्तर्गत यो महामारीको समयमा आफ्ना ग्राहकको लागी मोबाइल बैंकिङ सेवाहरु प्रयोग गर्न प्रोत्साहित गरिएको बैंकले बताएको छ।

 

‘हालको परिप्रेक्ष्यमा उक्त सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता नगरी ग्राहकलाई वित्तीय सेवाहरु छनौट गर्न सहयोग पुर्याउन सुरक्षित वातावरण तयार पार्नु हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

औषधिको बिल नदिने काठमाडौंका दुई फार्मेसीलाई ४ लाख जरिवाना Read Previous

औषधिको बिल नदिने काठमाडौंका दुई फार्मेसीलाई ४ लाख जरिवाना

एमसीसी बारे विवाद भइरहेकै बेला अमेरिकाले दियो नेपाललाई ६३ करोड सहयोग Read Next

एमसीसी बारे विवाद भइरहेकै बेला अमेरिकाले दियो नेपाललाई ६३ करोड सहयोग