औषधिको बिल नदिने काठमाडौंका दुई फार्मेसीलाई ४ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिलबिजक जारी नगर्ने दुई औषधि पसललाई कारबाही गरेको छ ।

 

बजार अनुगमनका क्रममा नयाँ बानेश्वरस्थित साया फार्मेसी र वीर अस्पताल अगाडिको आरफ फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।

 

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अनुगमनका क्रममा बिलबिजक जारी नगरी फार्मेसी सञ्चालन गरेको भेटिएपछि प्रतिपसल २/२ लाख गरी ४ लाख रुपैयाँ  जरिवाना गरिएको हो ।

 

उपभोक्ताको गुनासोलाई आधार बनाएर बन्दाबन्दी अवधिमा खाद्य, सर्जिकल सामग्रीलगायत सामग्रीमा बढी मूल्य लिने पसललाई दैनिक बजार अनुगमन गरी कारवाही गरिँदै आएको छ ।

'न्यु नर्मल'मा नयाँ रणनीतिहरु ल्याउनु पर्छ, लगानी याेग्य पूँजी प्रशस्त छ : सुनिलकुमार पोखरेलको विचार Read Previous

'न्यु नर्मल'मा नयाँ रणनीतिहरु ल्याउनु पर्छ, लगानी याेग्य पूँजी प्रशस्त छ : सुनिलकुमार पोखरेलको विचार

भाइबर र फेसबुकबाट खाता खोल्दा एनएमबी बैंकले ५०० नगद फिर्ता दिने Read Next

भाइबर र फेसबुकबाट खाता खोल्दा एनएमबी बैंकले ५०० नगद फिर्ता दिने