एमसीसी बारे विवाद भइरहेकै बेला अमेरिकाले दियो नेपाललाई ६३ करोड सहयोग

काठमाडौं । नेपालमा अमेरिकी सहयता परियोजना एमसीसी बारे चरम विवाद भइरहेकै बेला अमेरिकाले भने कोरोना रोकथाम तथा नियन्त्रणका लागि थप ५५ लाख अमेरिकी डलर (करिब ६३ करोड रुपैयाँ) सहयोग गरेको छ ।

 

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएआईडी) मार्फत नेपाललाई कोरोना रोकथाम र नियन्त्रणका लागि उक्त रकम सहयोग गर्ने भएको हो ।

 

अमेरिकी राजदूत र्‍यान्डी बेरीले यूएसएआईडीको नयाँ कोभिड–१९ प्रतिकार्य सहायता घोषणा गरेका हुन्। यसअघि अमेरिकाले १८ लाख डलर सहयोग गरेको थियो । यसँगै नेपाललाई अमेरिकी सरकारले उपलब्ध गराएको कोभिड–१९ सहायता ७३ लाख डलर पुगेको छ ।

 

यूएसएआईडीले स्थानीय स्तरमा जोखिम सञ्चार सञ्चालन, प्रयोगशाला प्रणालीको तयारी, केस पत्ता लगाउने कार्य तथा निगरानीको क्रियाशीलता र प्राविधिक विशेषज्ञहरूलाई प्रतिकार्य तथा पूर्वतयारीका निम्ति सहयोगका लागि समेत स्वास्थ्य सहायता प्रदान गरेको जनाएको छ ।

 

अमेरिकाले नेपाल सरकारसँग ७० वर्षभन्दा लामो समयदेखि बलियो तथा सहकार्यमूलक साझेदारी गर्दै आइरहेको छ र यसमार्फत नेपालका कृषि, शिक्षा, स्वास्थ्य, शिक्षा तथा अन्य आर्थिक–सामाजिक क्षेत्रको विकासका सहयोगार्थ १ अर्ब ५० करोड डलरभन्दा बढीको सहायता उपलब्ध गराएको छ ।

भाइबर र फेसबुकबाट खाता खोल्दा एनएमबी बैंकले ५०० नगद फिर्ता दिने Read Previous

भाइबर र फेसबुकबाट खाता खोल्दा एनएमबी बैंकले ५०० नगद फिर्ता दिने

चालू आवमा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा खुम्चिने Read Next

चालू आवमा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा खुम्चिने