जापानीज भाषा परीक्षा कात्तिकमा हुने, पहिलो चरणमा केयर गिभर लैजाने

काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक गन्तव्य जापान जानको लागि आवश्यक भाषा र सिप परीक्षा कात्तिकमा सञ्चालन हुने भएको छ । जापान सरकारसँग भएको सम्झौताअुनसार  भाषा र सिप परीक्षामा उत्तिर्ण भएका व्यक्ति कामदारका रुपमा जापान जान पाउनेछन् ।

 

नेपाली कामदारका लागि जापानिज भाषको परीक्षा कात्तिक ११ र १२ मा हुने भएको छ । भाषा परीक्षाणमा उत्तिर्ण हुनेहरुको सिप परीक्षण कात्तिक २१ र २२ गते हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

 

सरकारले गत चैत ११ मा नेपाली कामदार जापान लैजाने विषयमा श्रम सम्झौता गरेको थियो । जापान सरकारसँग भएको सम्झौताअुनसार जापानले नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालनलगायत विभिन्न १४ वटा औद्योगिक क्षेत्रमा कामदार लैजाने छ । जसअनुसार नेपालबाट पहिलो चरणमा केयर गिभरका रुपमा नेपाली कामदार लैजाने भएको हो ।

 

भाषा र सिप परीक्षाको मिति तय भएपनि आवेदनको प्रकृया, लागत तथा अन्य संयन्त्रको विषयमा भने छलफल भइरहेको मन्त्रालयले जनाएको छ । यसको लागि नेपाल सरकारको तर्फबाट सहसचिवको नेतृत्वमा समिति बताएको छ ।

 

देशमा कामदार संकट गहिरिएपछि जापान सरकारले  दक्षिण एसियाका नेपालसहित चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट विदेशी कामदार लैजाने योजना बनाएको छ ।

 

सोही अनुसार अहिलेसम्म नेपालसहित ५ देशसँग श्रम सम्झौता गरिसकेको छ । पहिलो चरणमा सम्झौता भएका मध्ये तीन देशबाट कामदार मात्रै लैजाने जनाएको छ ।  जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदार जापान लैजाने छ ।

एनआईसी एशियाको ऋणपत्रमा लगानीको अवसर, न्यूनतम २५ कित्ता आवेदन दिन पाइने Read Previous

एनआईसी एशियाको ऋणपत्रमा लगानीको अवसर, न्यूनतम २५ कित्ता आवेदन दिन पाइने

हिमालयान एयरलाइन्सको ढाका उडान आजबाट सुरु, सातामा तीन उडान गर्ने Read Next

हिमालयान एयरलाइन्सको ढाका उडान आजबाट सुरु, सातामा तीन उडान गर्ने