काठमाडौं। एनआईसी एशिया बैंकले आजदेखि ऋणपत्र निष्कासन गरेको छ। बैंकले ४ अर्ब ४० करोड रुपैयाँ बराबरको
४४ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो ।
निष्काशित मध्ये ४४ लाख कित्ता मध्ये १७ लाख ६० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो। सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम २२ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । प्रति कित्ता खरिद मूल्य १ हजार रहेको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलका अनुसार पहिलो चरणमा साउन ९ गतेसम्म आवेदन दिन सकिने छ । र, पहिलो चरणमा ऋणपत्र बिक्री नभएको खण्डमा ढिलोमा भदौ तीन गतेसम्म आवेदन दिन सकिने म्यापिटलले जनाएको छ ।
आवेदनको लागि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट अनलाइन आवेदन दिन सकिनेछ।
बैंकको यो पाँचौं ऋणपत्र हो। बैंकले १०.२५ प्रतिशत व्याजदरमा सात वर्षको लागि ऋणपत्र निष्कासन गरेको हो। बैंकले अर्धवार्षिक रुपमा तोकिएको व्याज भुक्तानी गर्नेछ।
निक्षेप तथा कर्जा लगानीमा आक्रमक रहेको एनआईसी एशियाले आफ्नो दायरा थप बढाउन ऋणपत्र निष्कासन गरिरहेको छ।