न्यूरोड क्षेत्रमा पसल बन्द गराउँदै हिँडेका प्रहरी र व्यापारी बीच विवाद

काठमाडौं । प्रहरीले लकडाउन कडाइ गर्ने भन्दै जबर्जस्ती पसल बन्द गराउँदै हिँडेपछि देशकै प्रमुख व्यापारिक केन्द्र न्यूरोड क्षेत्रमा प्रहरी  र व्यापारी बीच विवाद भएको छ ।

 

न्यूरोड, असन,रञ्जना गल्ली लगायत क्षेत्रमा प्रहरीले पसल बन्द गराउँदै हिँडेपछि गरी खाना पाउनु पर्ने भन्दै व्यापारीहरु त्यसको विरोधमा समेत उत्रिएका छन् ।

 

सरकारले एकोहोरो लकडाउन मात्र गरिराखेको तर कुनै पनि विकल्प र राहत नदिएको भन्दै जेठ २२ देखि उपत्यकाका अधिकांश व्यापारीले पसल खोल्दै आएका थिए । तर, प्रहरी लकडाउनको मोडालिटी परिवर्तन नभएको भन्दै पसल बन्द गराएपछि व्यापारी र प्रहरीबीच भनाभन समेत भएको छ ।

 

‘माथिको आदेश भन्दै प्रहरीहरु जबर्जस्ती पसल बन्द गराउँदै हिँडेका छन्,’ असनका एक व्यापारीले भने, ‘सरकार लकडाउन मात्र गर्ने । हामीले हातमुख जोड्नका लागि काम गरेर समेत खाना नपाउने । अब सरकारले कुनै विकल्प दिनुपर्छ ।’

 

गत साता काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओलगायत सरोकारवाला बीच भएको बैठकले पनि व्यापारीलाई पसल खोल्न अवरोध नगर्ने निर्णय गरेको थियो ।

 

तर, प्रहरीले भने जबर्जस्ती पसल बन्द गराउँदै हिँडेपछि कोरोना कहरले थिचिएका व्यापारी झन आक्रोशित भएका छन् । प्रहरीले भने सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगरेकाले पहिलाको जस्तै सबैले लकडाउन पालना गर्नुपर्ने बताएको छ ।

खेद प्रस्ताव सम्बन्धी समाचारबारे महासंघ पदाधिकारीले गराए अध्यक्षको ध्यानाकर्षण Read Previous

खेद प्रस्ताव सम्बन्धी समाचारबारे महासंघ पदाधिकारीले गराए अध्यक्षको ध्यानाकर्षण

विश्व अर्थतन्त्रमा दोस्रो विश्वयुद्ध पछिकै ठूलो मन्दी आउन सक्ने विश्व बैंकको प्रक्षेपण Read Next

विश्व अर्थतन्त्रमा दोस्रो विश्वयुद्ध पछिकै ठूलो मन्दी आउन सक्ने विश्व बैंकको प्रक्षेपण