चण्डीराज ढकाल विरुद्धको खेद प्रस्ताव पारित भएपछि एफएनसीसीआईमा पूर्व अध्यक्षहरुको चासो

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्षहरुले महासंघको पछिल्लो घटना क्रममा चासो राख्दै छलफल गरेका छन् ।

 

आज काठमाडौंमा भएको छलफलमा महासंघका अधिकांश पूर्वअध्यक्षहरुको छलफलले पूर्व अध्यक्ष तथा विशिष्ठ सदस्य चण्डीराज ढकाल विरुद्ध महासंघ पदाधिकारीहरुको निर्णयले पास गरेको खेद प्रस्तावमा सहमति जनाएका हुन् ।

 

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको मानमर्दन गरेको भन्दै गत शुक्रबार बसेको महासंघ पदाधिकारी बैठकमा उपाध्यक्ष किशोर प्रधानले खेद प्रस्ताव दर्ता गराएका थिए । उक्त खेद प्रस्तावलाई पदाधिकारी बैंठकले पास गरेको थियो ।

 

नेपाल उद्योग बाणिज्य महासंघको इतिहासमा नै पहिलो पटक पदाधिकारीहरुले पूर्व अध्यक्ष विरुद्ध खेद प्रस्ताव पारित गरेको पहिलो पटक हो ।

 

आजको भेलामा पूर्वअध्यक्षहरु महेशलाल प्रधान, पदम ज्योति, रबिभक्त श्रेष्ठ, प्रदिपकुमार श्रेष्ठ, सुरज बैद्य, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, निवर्तमान अध्यक्ष पशुपति मुरारका, अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको सहभागिता रहेको थिाय ।

 

भेलाले कोभिड १९ को कारण व्यवसायीक क्षेत्रले भोग्नु परेको समस्या, आगामी निर्वाचनको तयारी लगायत विषयमा छलफल गरेको बताइएको छ ।

स्वस्थानीको प्रसाद जसरीे अनुदान बाँड्ने प्रवृत्ति र बिचौलिया कृषि क्षेत्रका प्रमुख समस्या हुन् : मन्त्री भुसाल Read Previous

स्वस्थानीको प्रसाद जसरीे अनुदान बाँड्ने प्रवृत्ति र बिचौलिया कृषि क्षेत्रका प्रमुख समस्या हुन् : मन्त्री भुसाल

कोरोना भाइरस थप खतरनाक हुँदैछ : डब्ल्यूएचओ Read Next

कोरोना भाइरस थप खतरनाक हुँदैछ : डब्ल्यूएचओ