कोरोना भाइरस थप खतरनाक हुँदैछ : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियासिसले केही देशमा कोरोना भाइरसको संक्रमितको संख्यामा पहिलेको तुलनामा कमी आएता पनि विश्वव्यापी रुपमा यो थप खतरनाक भइरहेको बताएका छन्।

 

उनले पत्रकारसँगको कुराकानीमा पछिल्लो ९ दिनभित्र दैनिक १ लाख बढी संक्रमित भेटिएको जानकारी दिए। ‘पछिल्लो ९ दिनभित्र दैनिक १ लाख बढी संक्रमित भेटिएका छन्। र जतिपनि संक्रमित हिजो देखिएका छन् तीमध्ये ७५ प्रतिशत त १० देशका मात्रै नागरिक हुन्,’उनले भने। उनका अनुसार तीमध्ये पनि धेरैजसो संक्रमित अमेरिका र दक्षिण एसियाका हुन्।

 

डब्ल्यूएचओले कोरोना सम्बन्धी तथ्यांक सार्वजनिक गर्न ब्राजिललाई अपिल गरेको छ। डब्ल्यूएचओले ब्राजिलको यस कदममा चासो दिँदै तथ्य र पारदर्शिता अपनाउँदै विवरणहरु सार्वजनिक गर्न भनेको हो।

 

शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र संक्रमितको तथ्यांक हटाएर केवल पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित र मृतकको तथ्यांक मात्र राखिएको थियो। यसपछि ब्राजिल सरकारले मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भइरहेको छ।

चण्डीराज ढकाल विरुद्धको खेद प्रस्ताव पारित भएपछि एफएनसीसीआईमा पूर्व अध्यक्षहरुको चासो Read Previous

चण्डीराज ढकाल विरुद्धको खेद प्रस्ताव पारित भएपछि एफएनसीसीआईमा पूर्व अध्यक्षहरुको चासो

नेपालका ५६ वटा विद्यालयको पुनर्निर्माणमा भारतले ३ अर्ब सहयोग गर्ने Read Next

नेपालका ५६ वटा विद्यालयको पुनर्निर्माणमा भारतले ३ अर्ब सहयोग गर्ने