थप १ महिना तेलको उत्पादन कटौती गर्न ओपेकप्लस सहमत, बजार मूल्यमा कस्तो पर्ला प्रभाव

पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र संगठनबाहिर रुसलगायत प्रमुख उत्पादकहरुको समूह अर्थात् ओपेक प्लसले तेल कटौती थप एक महीना लम्ब्याउने सहमति गरेका छन् ।

 

तेलको उत्पादन कटौती जुलाईसम्म विस्तार गर्न ओपेकप्लस सहमत भएका हुन् । अप्रिलमा भने कोरोना भाइरसको महामारीका कारण चपेटामा आएको तेलको भाउलाई टेवा दिन समूहले मे र जुनका लागि उत्पादन ऐतिहासिक स्तरमा कटौती गर्न सहमति गरेका थिए ।

 

कोरोना भाइरसको संक्रमण फैलिन नदिन विश्वभर देशहरुले कठोर बन्दाबन्दी लगाएसँगै तेलको माग घटेर भाउ पनि प्रभावित भएको छ ।

 

अप्रिलमा भएको सहमति अनुसार ओपेकप्लसले उत्पादन मे १ देखि जुनको अन्त्यसम्म दैनिक ९७ लाख ब्यारेलले घटाउने भनिएको थियो । जुलाई देखि डिसेम्बरसम्म भने उत्पादन कटौती घटाएर दैनिक ७७ लाख ब्यारेलमा ल्याइने भएको थियो ।

 

तर समूहको शनिबार बसेको बैठकले भने ऐतिहासिक कटौती जुलाईसम्म पुर्‍याउने सहमति गरेका छन् ।

–एएफपी

भदौसम्म कुनैपनि सडक खन्न नपाइने, जबर्जस्ती खने कडा कारबाही गरिने Read Previous

भदौसम्म कुनैपनि सडक खन्न नपाइने, जबर्जस्ती खने कडा कारबाही गरिने

न्युजिल्याण्डले कोरोनाका बीरामी शून्यमा झार्‍यो, सीमानाका भने तत्काल नखोलिने Read Next

न्युजिल्याण्डले कोरोनाका बीरामी शून्यमा झार्‍यो, सीमानाका भने तत्काल नखोलिने