काठमाडौं। सरकारले असार १ गतेदेखि कुनै पनि बाहानामा सडक खन्न प्रतिबन्ध लगाउने भएको छ ।
सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले असार १ गतेदेखि भदौ मसान्तसम्म धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्न रोक लगाएको हो ।
वर्षायाममा सडक खन्दा तत्कालै मर्मत गरी यथास्थितिमा सञ्चालनमा ल्याउन नसकिने भन्दै कार्यालयले मातहतका सडक डिभिजनहरुलाई कुनै पनि सडक खन्ने स्वीकृति नदिइने बताइएको छ ।
कसैले जबर्जस्ती सडक खनेमा सार्वजनिक सडक ऐन अनुसार कारबाही गरिने कार्यालयले जनाएको छ।