नबिल बैंकले ल्यायो ‘जेन-एन एकाउन्ट’ १३ प्राणघातक रोगको बीमा

काठमाडौं । नबिल बैंकले ‘जेन-एन एकाउन्ट’ योजना सञ्चालनमा ल्याएको छ। यो  योजना अनुसार घरै बसेर खाता खोल्न सकिने छ ।

 

आफ्ना ग्राहकहरुको माग र हितलाई मध्यनजर गर्दै समय सान्दर्भिक सेवा प्रदान गर्दै आएको बैंकले १८ वर्ष माथिका नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गर्दै उक्त खाता सञ्चालनमा ल्याएको हो।

 

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै, स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले, विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्दै नबिल ‘जेन-एन एकाउन्ट’ सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

 

यस खातामा थुप्रै प्रविधिमैत्री सेवाहरु जस्तै मोबाइल बैंकिङ, भाइबर बैंकिङ, अनलाईन ट्रान्जेक्सन र डेबिट कार्ड, क्रेडिट कार्ड, २ जीबी निःशुल्क डेटा सहितको एनटीसी/एनसेलको सिम जारी गरिएको छ ।

 

यसैगरि नबिल बैंकले आफ्ना बचतकर्ताको सुरक्षण सहित १३ प्राणघातक रोगहरु तथा दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने जनाएको छ। पृथक, समयानुकूल तथा प्रविधिमैत्री सेवामा अग्रणी भूमिका खेलेको बैंकले ल्याएकोयो योजनाले डिजिटल बैंकिङमा नयाँ युगको सुरुवात गर्नेमा बैंक विश्वस्त छ।

 

बैंकले हाल देशभरका ११८ शाखा, १७५ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट सेवा दिँदै आएको छ ।

स्वास्थ्य क्षेत्रमा बजेट र नेपालको आयकर बारे अर्थमन्त्रीले बोलेका दुई झुठ Read Previous

स्वास्थ्य क्षेत्रमा बजेट र नेपालको आयकर बारे अर्थमन्त्रीले बोलेका दुई झुठ

खतिवडा 'मुन्सी' हुन्, उनको ध्यान खातापातामा मात्र छ : गगन थापा Read Next

खतिवडा 'मुन्सी' हुन्, उनको ध्यान खातापातामा मात्र छ : गगन थापा