एयरलाइन्स कम्पनीले अब आफूखुशी चार्टर उडान गर्न नपाउने

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ ।

 

बन्दाबन्दीका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो ।

 

शनिबार सूचना जारी गर्दै क्यानले राजदूतावास आग्रह बाहेकका सबै चार्टर उडानमा रोक लगाएको हो । क्यानका एयर ट्रान्सपोट्रेशन डिभिजन प्रमुख सचितभक्त पोखरेलको हस्ताक्षर रहेको उक्त सूचनानुसार शनिबारकै मितिदेखि ट्राभल्स एजेन्सी र एयरलाइन्स कम्पनीलाई चार्टर उडानमा रोक लगाइएको हो ।

 

बन्दाबन्दीका समयमा नेपालमा रोकिएका विभिन्न देशले आफ्ना नागरिक स्वदेश फर्काउन चार्टर उडान गर्दै आएका छन् । गत चैत ९ गतेयता हालसम्म ११० अन्तरराष्ट्रिय चार्टर उडान भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

 

पछिल्लो समय एयरलाइन्स कम्पनी तथा ट्राभल्स एजेन्सीले नेपालबाट यात्रु चार्टर उडान गर्न धमाधम बुकिङ गरी बढी भाडा लिने गरेपछि क्यानले उक्त निर्दशन दिएको हो ।

 

कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो Read Previous

कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो

क्वारेन्टिनको रुपमा प्रयोग गरिने होटलको सूची सार्वजनिक (नामसहित) Read Next

क्वारेन्टिनको रुपमा प्रयोग गरिने होटलको सूची सार्वजनिक (नामसहित)