काठमाडौं । सरकारले विदेशबाट उद्धार गरेर ल्याउने नेपालीहरुलाई राख्न क्वारेन्टाइनको रुपमा प्रयोग गरिने होटलहरुको नाम सार्वजनिक गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले विदेशबाट फर्किने नेपालीहरूलाई राख्न प्रयोग गरिने ४७ वटा होटेलहरुको सूची सार्वजनिक गरेको हो ।
।
सार्वजनिक सूचीमा चारतारे होटलदेखि पर्यटकीय स्तरसम्मका होटलहरु छन् । सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २७ होटलहरु छन् ।
होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ । होटलको स्तर अनुसार यहाँ बस्नेले न्यूनतम २ हजार रुपैयाँदेखि अधिकतम १६ हजारसम्म तिर्नुपर्ने छ ।
सरकारले कोरोनाबाट प्रभावित विभिन्न देशबाट पहिलो चरणमा करिब ३५ हजार नेपालीको उद्धार गर्ने कार्यतालिका बनाएको छ । यसरी ल्याइने नेपालीलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राखिनेछ ।