आजदेखि देशभरका मालपोत कार्यालय खुल्ने

काठमाडौं । आज (आइतबार)देखि देशभरका सबै मालपोत कार्यालय खुल्ने भएका छन् ।

 

भूमिसुधार तथा व्यवस्थापन विभागले लकडाउन शुरु भएदेखि बन्द रहेका सबै मालपोत कार्यालय आइतबारदेखि पुनःसञ्चालनमा ल्याउन मातहतका सबै कार्यालयलाई निर्देशन दिएको हो ।

 

लकडाउनका कारण अढाई महिनादेखि देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो ।

 

मालपोत कार्यालय खुलेपनि जग्गा पासलगायतका कारोबार भने नहुने विभागले जनाएको छ । कार्यालयका अभिलेखहरु व्यवस्थित गर्ने, लकडाउन अगाडि अधुरा रहेका आन्तरिक कामहरु मिलाउने र आगामी वर्षमा जग्गाको न्यूनतम मुल्यांकनका दररेटहरु परिवर्तन, अड्डा अदालत तथा सरकारी निकायसँग सम्बन्धित लगायत काम हुने जनाइएको छ ।

क्वारेन्टिनको रुपमा प्रयोग गरिने होटलको सूची सार्वजनिक (नामसहित) Read Previous

क्वारेन्टिनको रुपमा प्रयोग गरिने होटलको सूची सार्वजनिक (नामसहित)

कोरोनासँग लड्न नेपाललाई बेलायतले दियो थप २७ करोड Read Next

कोरोनासँग लड्न नेपाललाई बेलायतले दियो थप २७ करोड