कोरोनासँग लड्न नेपाललाई बेलायतले दियो थप २७ करोड

काठमाडौं । बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ ।

 

बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डीफीड) मार्फत थप १८ लाख पाउण्ड ( करिब २७ करोड ३६ लाख रुपैयाँ) आर्थिक सहयोग गरेको हो ।

 

डीफीडले कोरोना सङ्क्रमणको न्यूनीकरण र उपचारका लागि यसअघि ८२ लाख पाउण्ड दिइसकेकामा यसलाई बढाएर अहिले १ करोड पाउण्ड पुर्याएको हो ।

 

हरेक वर्ष नियमित सहयोग गर्ने डिफिडले भूकम्पका बेला जस्तै यसपटक पनि अलि बढी सहयोग गरेको लण्डनस्थित नेपाली राजदूतावासको भनाइ छ । नेपाल र बेलायतको कूटनीतिक सम्बन्ध भएको २०५ वर्ष पुगेको छ ।

 

कोरोना महामारीका लागि थप सहयोगको अपेक्षा दूतावासले गरेको थियो । अहिले थप आर्थिक सहयोग प्राप्त भएको र गोरखा वेलफेयर ट्रष्टलगायत संस्थाले यहाँ रहेका गोरखा सैनिकलाई आवश्यक सहयोग पनि गरिरहेको दूतावासका प्रवक्ता शरदराज आरण बताउँछन् ।

 

अहिले घोषणा गरेको थप आर्थिक सहयोगका लागि डीफीडले नेपाललगायत केही विकासोन्मुख राष्ट्रहरूलाई एकमुष्ट १० करोड पाउण्ड छुट्याएको छ । डीफीडले हालसम्म कोरोना रोकथामका लागि विश्वभर सहयोग गर्न अहिलेको सहयोगसहित ८४ करोड ४० लाख पाउण्ड निकासा गरिसकेको छ । रासस

आजदेखि देशभरका मालपोत कार्यालय खुल्ने Read Previous

आजदेखि देशभरका मालपोत कार्यालय खुल्ने

वीरगञ्जमा पनि खुल्नथाले पसल, सर्वसाधारणको चहलपहल बढ्दै Read Next

वीरगञ्जमा पनि खुल्नथाले पसल, सर्वसाधारणको चहलपहल बढ्दै