काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीकी ५५ वर्षीया महिला र डोल्पाका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।