लकडाउनको बेला उद्योगमा पौने ३ अर्ब लगानी

काठमाडौं । लकडाउनको पछिल्लो १ महिनामा विदेशी तथा स्वदेशीको लगानी रहने गरी उद्योगमा पौने ३ अर्ब रुपैयाँ लगानी भित्रिएको छ ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार १ महिनाका अवधिमा स्वदेशी ४ र विदेशी ११ गरी १५ उद्योगमा २ अर्ब ७४ करोड ९० लाख  रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।

 

उद्योग विभागबाट ११ उद्योगमा ९२ करोड ७० लाख रुपैयाँ विदेशी लगानी र चार नयाँ उद्योगमा १ अर्ब ८२ करोड २० लाख रुपैयाँ स्वदेशी लगानी भित्रिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

 

उनका अनुसार सबैभन्दा धेरै लगानी चीनबाट भित्रिएको छ । चीनबाट सात उद्योगमा ७२ करोड ७० लाख रुपैयाँ तथा भारत, दक्षिण कोरिया, नेदरल्याण्डस र मलेसियाबाट ५/५ करोड रुपैयाँ भित्रिएका छन् ।

 

थप २७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१२ सय पुग्यो Read Previous

थप २७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१२ सय पुग्यो

चालू आर्थिक वर्षमा १५० पुल निर्माण सम्पन्न, २५० वटाको धमाधम काम हुँदै Read Next

चालू आर्थिक वर्षमा १५० पुल निर्माण सम्पन्न, २५० वटाको धमाधम काम हुँदै