थप २७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१२ सय पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति धेरै जनामा कोरोना देखिएको हो ।

 

एकै दिन २ सय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार पाचौं दिन हो ।

 

नेपालमा हालसम्म ३३३ जना कोरोना संक्रमित निको भइसकेका छन् भने १० जनाको मृत्यु भएको छ ।

सांसदहरुको प्रश्न : मेलम्ची खानेपानी आयोजना कहिले सकिन्छ मन्त्रीज्यू ? Read Previous

सांसदहरुको प्रश्न : मेलम्ची खानेपानी आयोजना कहिले सकिन्छ मन्त्रीज्यू ?

लकडाउनको बेला उद्योगमा पौने ३ अर्ब लगानी Read Next

लकडाउनको बेला उद्योगमा पौने ३ अर्ब लगानी