कम्पनीहरुले दायित्व धान्न नसक्ने भएपछि कोरोना बीमा बन्द, पहिला गरेको बीमा के हुन्छ

काठमाडौं । छोटो समयमै निकै लोकप्रिय बनेको कोरोना बीमा स्थगित भएको छ ।कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बीमक संघले दायित्व वहन गर्न गाह्रो हुने भन्दै बीमा समितिले कोरोना बीमा रोक्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

 

बिहीबार बीमा समिति र नेपाल बीमक संघबीच भएको छलफल पछि हालको लागि कोरोना बीमा रोक्न समितिले निर्देशन दिएको हो ।

 

बीमा समितिको निर्देशनसँगै अब आज (जेठ २३ गते)देखि कोरोना बीमा औपचारिक रुपमा बन्द भएको हुनेछ ।

 

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारी कर्मचारीहरुको निशुल्क कोरोना बीमा गर्ने र सामूहिक बीमा गर्दा लाग्ने बीमाशुल्कमा ५० प्रतिशत अनुदान व्यवस्था गरेको छ ।

 

त्यसले गर्दा दोहोरो बीमा हुने संभावना भएकोल र हाल सम्म बिक्री भएको बीमाको दायित्व अधिक भएकाले पुनर्बीमा समेत गर्नुपर्ने भएपछि तत्कालको लागि कोरोना बीमा स्थगित गरेको समितिले जनाएको छ ।

 

हालसम्म सहभागी भएका बीमितहरुको जोखिम सुरक्षण भने कायम रहने समितिले जनाएको छ ।

बसभाडा भन्दा सस्तो भयो हवाई भाडा, कहाँको कति (भाडादर सहित) Read Previous

बसभाडा भन्दा सस्तो भयो हवाई भाडा, कहाँको कति (भाडादर सहित)

अमेरिकाको व्यापार घाटा साढे ५९ खर्ब पुग्यो Read Next

अमेरिकाको व्यापार घाटा साढे ५९ खर्ब पुग्यो