काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भाडादर घटाएको छ ।
हवाई इन्धनको मूल्य घटेकाले सोहीअनुसार आफ्ना विभिन्न गन्तव्यमा भाडा समायोजन गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
हवाई दूरीअनुसार नेपाली यात्रुको हकमा अधितम १ हजार १०५ देखि न्यूनतम २२५ सम्म भाडादर घटाएको कम्पनीले उल्लेख गरेको छ । सबैभन्दा बढी धनगढी र कम सिमरा गन्तव्य रहेको छ ।
नेपाल आयल निगमले गत अप्रिल १ तारिखदेखि हवाई इन्धनको मूल्यमा १५ १० रुपैयाँ घटाएको थियो । त्यस्तै बजेटमार्फत सरकारले इन्धनमा लाग्दै आएको पूर्वाधार कर बापतको १० रुपैयाँ पनि छुटको घोषणा गरेको थियो ।
बुद्धको माउन्टेन उडानमा ८६० घटेर २ हजार २३० १० रुपैयाँ कायम गरिएको छ । काठमाडौँ–भरतपुर जम्मा ६९५ १० रुपैयाँ बनाइएको छ । यो गन्तव्यमा २७० १० रुपैयाँ घटेको छ ।
त्यस्तै काठमाडौं–पोखरा ३९५ घटेर १ हजार ३० १० रुपैयाँ बनाइएको छ । काठमाडौँ–विराटनगर साविकको भाडामा ६०० घटाई १ हजार ५६० कायम गरिएको छ ।
काठमाडौँ–धनगढीमा १ हजार १०५ घटेर जम्मा २ हजार ८७० भएको छ भने नेपालगञ्ज गन्तब्यमा ८१५ घटेर २ हजार ११५ १० रुपैयाँ बनाइएको कम्पनीले जनाएको छ ।
यसैबीच जुन १ तारिखदेखि प्रमुख पर्यटकीय गन्तव्य काठमाडौदेखि पोखरा र चितवन आसपासका गन्तव्यको बजारीकरणको योजनामा जुटेको बुद्ध एयरले बन्दाबन्दी खुल्नासाथ उडानका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाएको छ ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको मार्ग निर्देशनअनुसार बुद्धले ‘सुरक्षा निर्देशिका’ बनाएको छ । सुरक्षा निर्देशिकामा यात्रु, कर्मचारी जहाजको विशेष सरसफाइ, र्याम्प बस, कार्गो, ट्रली, विभिन्न काउन्टर तथा कार्यालयलाई कसरी सुरक्षित राख्ने भन्ने उल्लेख छ ।
उक्त निर्देशिका अनुसार आफ्ना कर्मचारीलाई आगामी सातादेखि तालिम प्रदान गर्ने बुद्धले विज्ञप्तिमार्फत जनाएको छ ।
