अमेरिकाको व्यापार घाटा साढे ५९ खर्ब पुग्यो

कोरोनाको कारण व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा ७ अर्ब अमेरिकी डलर बढेर ४९.५ अर्ब अमेरिकी डलर  (करिब ५९ खर्ब ४० अर्ब रुपैयाँ) पुगेको छ ।

 

कोरोना भाइरसको महामारीका कारण यो समय अमेरिकामा व्यापारिक कारोबार र यातायात बन्द भएका कारण अमेरिकी निर्यात तथा आयातमा निकै कमी आएको र यसका कारण व्यापार घाटा निकै धेरै हुन पुगेको अमेरिकी सरकारले बिहीबार जानकारी गराएको छ ।

 

अमेरिकी वाणिज्य विभागका अनुसार अप्रिलमा अमेरिकी समान तथा सेवाहरूको निर्यातमा मार्चको तुलनामा २० प्रतिशतले ह्रास आएको थियो भने आयातमा १३.७ प्रतिशत कमी भएको थियो ।

 

सन् २०२० मा (हालसम्म)अमेरिकाको व्यापार घाटा २६ अर्ब पुगेको छ । यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतभन्दा बढी भएको वाणिज्य विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

-एजेन्सी

कम्पनीहरुले दायित्व धान्न नसक्ने भएपछि कोरोना बीमा बन्द, पहिला गरेको बीमा के हुन्छ Read Previous

कम्पनीहरुले दायित्व धान्न नसक्ने भएपछि कोरोना बीमा बन्द, पहिला गरेको बीमा के हुन्छ

कोरोनाले मृत्यु संघारमा पुर्‍याउँदै सिनेमा उद्योग, चीनका ५ हजार फिल्म हल सधैंका लागि बन्द हुन सक्ने Read Next

कोरोनाले मृत्यु संघारमा पुर्‍याउँदै सिनेमा उद्योग, चीनका ५ हजार फिल्म हल सधैंका लागि बन्द हुन सक्ने