एनआइसी एशियामा अनलाइनमार्फत छोटो समयमै खाता खोल्न सकिने

काठमाडौं । एनआइसी एशिया बैंकले घरमै बसी अनलाइन खाता खोल्न चाहने ग्राहकलाई थप सहज बनाएको छ।

 

बैंकले प्रक्रियामा थप सुधार गरी छोटो समयमै खाता खोल्नसक्ने सुविधा ल्याएको हो। जसअनुसार ग्राहकले इमेल, नाम, मोबाइल नम्बर,जन्ममिति, शाखा जस्ता विवरण भरिसकेपछि ग्राहकले दोस्रो चरण पूरा गर्न बैंकबाट इमेल प्राप्त गर्छन्।

 

दोस्रो चरणमा ठेगाना, परिचय, परिवार लगायतका विवरण ग्राहकले भर्नुपर्ने हुन्छ। त्यसपछि ग्राहकले आफ्नो डकुमेन्ट समेत सहज रुपमा अपलोड गर्न सक्नेछन्।

 

साथै, विवरण भर्ने क्रममा सही विवरण भर्न समेत आवेदकलाई त्यहाँबाट सुझाव प्राप्त हुनेछ।विदेशमा रहेका ग्राहकले इमेलमार्फत आफ्नो सम्पर्क विवरणसहित खाता खोल्नका लागि इमेलमार्फत अनुरोध गर्न सक्छन्।

 

यो प्रक्रिया प्रयोगकर्ताले तत्काल खाता नम्बर प्राप्त गर्नेछन्। तर बैंकले सम्पूर्ण विवरण चेक गरेर मात्र त्यसलाई मान्यता दिने बैंकले बताएको छ।

 

अब ग्राहकले खाता खोल्नको लागि चाहिने सबै विवरण तथा फोटो आफ्नो साथैमा राखी बैंकको वेबसाइटमा अनलाइन खाताको निवेदन भरेमा ५ मिनेटमै सम्पूर्ण प्रक्रिया पूरा हुने बैंकको भनाइ छ।

 

यसरी अनलाइन खाता खोलेका ग्राहकले लकडाउन अवधिसम्म मोबाईल बैंकिङमार्फत पहिलो कारोबार गर्दा ५०० सम्म नगद फिर्ता पाउनेछन्।

 

कुनै पनि जानकारी चाहिएमा बैंककोे ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बर १६६०-०१-७७७७१, मिस्डकल बैंकिङ ९८०१२२७७५५, एसएमएस ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सीधा सम्पर्क गर्न अनुरोध गरिएको छ।

तातोपानी भन्सारको राजश्व असुली बढ्यो Read Previous

तातोपानी भन्सारको राजश्व असुली बढ्यो

नेपालकै ठूलो सोलार आयोजनाबाट १.२५ मेगावाट बिजुली उत्पादन, डेढ महिनाभित्र १० मेगावाट जोडिने Read Next

नेपालकै ठूलो सोलार आयोजनाबाट १.२५ मेगावाट बिजुली उत्पादन, डेढ महिनाभित्र १० मेगावाट जोडिने