सिमेन्टको गुणस्तर मापनलाई तीव्रता, १०० बढी नमूना संकलन

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले बन्दाबन्दीको समयमा उपभोक्ता ठगिन नदिन सिमेन्टको गुणस्तर मापनलाई तीव्रता दिएको छ ।

 

सरकारले बन्दाबन्दीको समयमा सामाजिक दूरी राखेर उद्योग चलाउन स्वीकृति दिएसँगै विभागले सिमेन्ट उद्योगमा उत्पादित सिमेन्टको नमूना सङ्कलनलाई तीव्रता दिएको हो ।

 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बन्दाबन्दीको समयमा गुणस्तरमा कुनै सम्झौता नहोस् भन्नका लागि देशैभरका सञ्चालित सिमेन्ट उद्योगबाट नमूना सङ्कलन गरेको जानकारी दिए ।

 

‘बन्दाबन्दीको समय पारेर उपभोक्ता गुणस्तरबाट ठगिन सक्ने कुरालाई ध्यानमा राखेर हामीले विभिन्न ठाउँबाट १०० बढी नमूना सङ्कलन गरेका छौँ,’ उनले भने ।

 

विभागले काठमाडौं उपत्यकामा मात्र विभिन्न १२ वटा हार्डवेयरबाट नमूना सङ्कलन गरेको छ । महानिर्देशक पुडासैनीले विभागले तोकेको मापदण्डभन्दा बाहिर गएर सिमेन्ट उत्पादन गरे कारवाही गरिने स्पष्ट पारे ।

कर तिर्ने म्याद फिर्ता लिन उद्योग वाणिज्य महासंघको आग्रह Read Previous

कर तिर्ने म्याद फिर्ता लिन उद्योग वाणिज्य महासंघको आग्रह

सरकारको उर्दीप्रति निजी क्षेत्र आक्रोशित, उद्योग नचलाइ कर तिर्न सक्दैनौं Read Next

सरकारको उर्दीप्रति निजी क्षेत्र आक्रोशित, उद्योग नचलाइ कर तिर्न सक्दैनौं