काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नं. ५ ले सरकारले कर तिर्न दिएको उर्दीलाई फिर्ता लिन माग गरेको छ ।
महासंघले एक विज्ञप्ति निकाल्दै अहिलेको कोरोनाले सृजित विषम् परिस्थितिमा उद्योगी, व्यवसायीलाई सरकारले राहत दिनुको सट्टा उल्टो आहत दिएको भन्दै उक्त निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
आन्तरिक राजस्व विभागले मंगलबार एक सूचना जारी गर्दै जेठ २५ गतेभित्र उद्योगी, व्यावसायीलाई मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम आयरकर तिर्न भनेको छ । समयमै कर नतिरे विभागले जरिवाना समेत लगाउने चेतावनी दिएको थियो ।
उद्योगधन्दा सबै ठप्प भएको परिस्थितमा पनि सरकारले व्यावसायीलाई अप्ठेरो बनाएको भन्दै महासंघले सरकारलाई उक्त निर्णय फिर्ता लिन आग्रह गरेको हो ।
