काठमाडौंमा ४ सहित थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ सय नजिक

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति धेरै जनामा कोरोना देखिएको हो ।

 

एकै दिन २ सय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार दोस्रो दिन हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौं मेडिकल कलेजका ४ जना, रौतहटमा ७४, स्याङ्जामा ५, पर्वतमा ५, सप्तरीमा १, बर्दियामा ३, बाँकेमा १‍७, सुर्खेतमा २७, दैलेखमा ९, सल्यानमा १८, अछाममा १०, बारामा १, दाङमा १७, प्युठानमा १ जनामा कोरोना देखिएको छ ।

 

त्यसैगरी कन्चनपुरमा ८, कैलालीमा १०, धनुषामा ६, महोत्तरीमा २, सर्लाहीमा २१, सिरहामा १७, भक्तपुरमा १, धादिङमा १, कपिलवस्तुमा १६, नवलपराी पूर्व १, नवलपरासी पश्चिममा १, नुवाकोटमा २, रूपन्देहीमा १० जना संक्रमित थपिएका हुन् ।

 

नेपालमा हालसम्म २६६ जना कोरोना संक्रमित निको भइसकेका छन् भने ८ जनाको मृत्यु भएको छ ।

लकडाउनभर पुरानै पासले सवारी चलाउन पाइने, अब फेसबुकबाटै निवेदन Read Previous

लकडाउनभर पुरानै पासले सवारी चलाउन पाइने, अब फेसबुकबाटै निवेदन

कर तिर्ने म्याद फिर्ता लिन उद्योग वाणिज्य महासंघको आग्रह Read Next

कर तिर्ने म्याद फिर्ता लिन उद्योग वाणिज्य महासंघको आग्रह