लकडाउनभर पुरानै पासले सवारी चलाउन पाइने, अब फेसबुकबाटै निवेदन

काठमाडौं । सरकारले लकडाउन थप गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि जारी भएको सवारी पासलाई नै मान्यता दिने भएको छ।

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी निलो पास लकडाउनभर मान्य हुने जानकारी दिएको हो ।

 

अत्यावाश्यक सेवामा खटिनेहरुका लागि जारी भएका पास पनि नवीकरण गर्न नपर्ने जनाएको छ । यसअघि त्यस्ता पास ७ दिनको म्यादपछि नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो । तर अव भने नवीकरण गरिरहनु नपर्ने भएको छ ।

 

जिल्ला प्रशासन कार्यालयले सवारी पासका लागि कार्यालय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले जेठ २१ देखि सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात कार्यालयको ईमेल र फेसबुक पेजमा पठाउन भनेको हो । पास तयार भएको जानकारीपछि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

 

सवारी पास तयार भएको जानकारी प्राप्त भएपश्चात मात्र कार्यालयमा सम्पर्क गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। सरकारले जेठ ३२ गतेसम्म लकडाउन कायम नै गरेको छ ।

५ हजार क्षमताको बौद्ध ध्यान केन्द्र निर्माणले पुनः गति लियो, असारसम्म सक्ने लक्ष्य Read Previous

५ हजार क्षमताको बौद्ध ध्यान केन्द्र निर्माणले पुनः गति लियो, असारसम्म सक्ने लक्ष्य

काठमाडौंमा ४ सहित थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ सय नजिक Read Next

काठमाडौंमा ४ सहित थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ सय नजिक