लकडाउनमा होटलमा गएर जुवा खेल्ने अर्बपति व्यापारीहरु पक्राउ, को-को पुगे प्रहरी हिरासतमा

काठमाडौं । लकडाउनको बेला व्यापारीहरुले सुविधासम्पन्न होटललाई जुवाघर बनाएका छन् ।

 

यसैक्रममा महानगरीय प्रहरीले कमलादीको गंगौर रिजेन्सी बुटिक होटलमा जुवा खेलिरहेको अवस्थामा सोमबार राती करिब १ दर्जन व्यापारी पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा व्यापारिक घराना त्रिवेणी गुप्रका रामचन्द्र सांघाइ, विशाल ग्रुुपका अशोक अग्रवाल रहेका छन् । यस्तै, अन्य व्यापारीहरु सुरेश अग्रवाल,नन्द शर्मा,विमल खेतान,बिमल अबुजा र निक्की जोगाईलगायत रहेका छन् ।

 

क्यासिनो शैलीमा जुवा खेलेको उनीहरुको साथबाट प्रहरीले नगदसमेत बरामद गरेको छ । उनीहरुलाई अहिले हिरासतमा राखी थप अनुसन्धानन भइरहेको प्रहरीले बताएको छ ।

२० प्रतिशत बढी नाफा कमाउने उद्योगले पुनर्कर्जा नपाउने, बैंकले प्रतिव्यक्ति १० करोड मात्र दिन पाउने Read Previous

२० प्रतिशत बढी नाफा कमाउने उद्योगले पुनर्कर्जा नपाउने, बैंकले प्रतिव्यक्ति १० करोड मात्र दिन पाउने

लकडाउन बढेपनि राजस्व तिर्न सरकारले निकाल्यो सूचना Read Next

लकडाउन बढेपनि राजस्व तिर्न सरकारले निकाल्यो सूचना