‘डिशहोममा डिलर दाइको डिस्काउण्ट’ योजना अन्तर्गत मेगा लक्की ड्र सम्पन्न

काठमाडौं । डिशहोमले ‘डिशहोममा डिलर दाईको डिस्काउण्ट’ नामक योजना अन्तर्गत जेठ ९ देखि १५ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गगर्ने ग्राहकलाई समावेश गरेर मेगा लक्की ड्र सम्पन्न गरेको छ ।

 

मेगा लक्की ड्र जेष्ठ १५ गते शुक्रबार साँझ ५ बजे डिशहोमका सोकेस च्यानल नम्बर १०० बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति १ लाख नगद प्राप्त गरेको कम्पनीले जनाएको छ ।

 

मेगा लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको CAS ID No. 02558206289, 71902564302 लाई विजेता घोषणा गरिएको छ ।

 

अब अर्को लक्की ड्र जेठ २३ गते शुक्रबार सोही च्यानलबाट सोही समयमा प्रसारण गरिने जानकारी गराइएको छ ।

 

जेठ १६ गते शुक्रबार देखि जेष्ठ २२ गते बिहीबारसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई उक्त लाइभ लक्की ड्रमा समावेश गरिने कम्पनीले जनाएको छ ।

कोरोनाकै बीच पाकिस्तानले सुरू गर्‍यो अन्तर्राष्ट्रिय उडान Read Previous

कोरोनाकै बीच पाकिस्तानले सुरू गर्‍यो अन्तर्राष्ट्रिय उडान

रोनाल्डोलाई पछि पार्दै टेनिस स्टार फेडेरर बने सर्वाधिक कमाउने खेलाडी, यी हुन् धेरै कमाउने १० खेलाडी Read Next

रोनाल्डोलाई पछि पार्दै टेनिस स्टार फेडेरर बने सर्वाधिक कमाउने खेलाडी, यी हुन् धेरै कमाउने १० खेलाडी