कोरोनाकै बीच पाकिस्तानले सुरू गर्‍यो अन्तर्राष्ट्रिय उडान

कोरोना महामारी फैलिरहेकै बेला पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै पाकिस्तानले अन्तर्राष्ट्रिय उडान सुरू गर्ने जनाएको थियो।

 

शुक्रबारबाट उसले चाटर्ड र नियमित तालिकामा नराखिएको उडान सुरू गरेको पाकिस्तानका संचार माध्यमहरूले जनाएका छन्।

 

संघीय सरकारको निर्णय अनुसार पाकिस्तानबाट हुने अन्तर्र्राष्ट्रिय उडानहरू शुक्रबार राति २३स्५९ पछि सुरू भइसकेका छन्। नियमित उडानहरू भने शनिबारबाट सुरू हुने बताइएको छ ।

 

प्राधिकरणले घरेलु उडानलाई भने विभिन्न चरणमा गरी यस पहिले नै सुरू गरिसकेको छ।

 

‘सरकारले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि नियमित गतिविधिमा लगाएको रोकलाई खुकुलो पार्ने निर्णयसँगै अन्तराष्ट्रिय उडानलाई पुनः सुरू गर्न लागिएको छ,’ पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार जारी सूचनामा भनिएको थियो।

 

पाकिस्तानी सञ्चार माध्यमका अनुसार ग्वादर र तुर्वत विमानस्थल बाहेकका पाकिस्तानका अन्य सबै अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालनका अनुमति दिइएको छ ।

 

सरकारले पाकिस्तानबाट विदेशका लागि हुने उडानका लागि आवश्यक प्रक्रिया भने यस पहिले नै तोकेको छ।अन्तर्राष्ट्रिय उडानका लागि विमान कम्पनीहरूले गन्तव्य देशको नियमलाई पालना गर्नुपर्नेछ।

 

जसमा विमानलाई उडानपूर्व किटाणुशोधन प्रक्रियालाई प्रत्याभूत गर्ने र विमानस्थलमा भिडभाड नगर्नेलगायतका कोभिड–१९ सङ्क्रमणबाट सुरक्षाका लागि अपनाउनुपर्ने सावधानीहरू रहेका छन्।

 

पाकिस्तानले अन्तराष्ट्रिय उडानलाई गत मार्चदेखि रोकेको थियो।

-एजेन्सी

एकैदिन थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो Read Previous

एकैदिन थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो

'डिशहोममा डिलर दाइको डिस्काउण्ट' योजना अन्तर्गत मेगा लक्की ड्र सम्पन्न Read Next

'डिशहोममा डिलर दाइको डिस्काउण्ट' योजना अन्तर्गत मेगा लक्की ड्र सम्पन्न