एकैदिन थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो

काठमाडौं । नेपालमा शुक्रबार एकैदिन थप १७० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १ हजार २१२ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति धेरै जनामा कोरोना देखिएको हो ।  एकै दिन १ सय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार तेस्रो दिन हो ।

 

नेपालमा हालसम्म २०६ जना कोरोना संक्रमित निको भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ ।

केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहहरुले कति-कति पाए बजेट (सूचीसहित) Read Previous

केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहहरुले कति-कति पाए बजेट (सूचीसहित)

कोरोनाकै बीच पाकिस्तानले सुरू गर्‍यो अन्तर्राष्ट्रिय उडान Read Next

कोरोनाकै बीच पाकिस्तानले सुरू गर्‍यो अन्तर्राष्ट्रिय उडान