काठमाडौं । संघीय सरकारले आगामी वर्ष प्रदेश र स्थानीय तहलाई दिने अनुदान रकम अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।
केन्द्र सरकारले आगामी वर्ष समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार शीर्षकमा प्रदेश र स्थानीय तहलाई कुल ३ खर्ब ६२ अर्ब ६३ करोड १३ लाख रुपैयाँ अनुदान दिने भएको छ ।
जसअनुसार अर्थ मन्त्रालयले ७ वटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेशहरुमा सबैभन्दा धेरै बजेट प्रदेश १ ले १५ अर्ब ११ करोड ३८ लाख रुपैैयाँ पाएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशले १३ अर्ब ३५ लाख ९९ लाख रुपैयाँ पाएको छ ।
यस्तै, प्रदेश २ ले १३ अर्ब ४० करोड ५९ लाख रुपैयाँ, बागमती प्रदेशले १४ अर्ब ८६ करोड ९८ लाख, प्रदेश ५ ले १४ अर्ब ६ करोड ९६ लाख, कर्णाली प्रदेशले १४ अर्ब ८३ करोड ६५ लाख र सुदूरपश्चिम प्रदेशले १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ पाएका छन् ।
यस्तै केन्द्र सरकारले ७५३ स्थानीय तहलाई २ खर्ब ६२ अर्ब ७५ करोड ७६ लाख रुपैयाँ अनुदान दिने भएको छ । । स्थानीय तहमा सबैभन्दा धेरै अनुदान पोखरा महानगरले पाएको हो ।
पोखराले समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक समेत गरी कुल २ अर्ब ५२ करोड ६० लाख रुपैयाँ पाएको छ । यस्तै, काठमाडौं महानगरपालिकाले १ अर्ब ८८ करोड २३ लाख रुपैयाँ पाएको छ ।
यस्तै, सबैभन्दा कम अनुदान पाउने स्थानीय तहमा मनाङको नार्पाभूमि गाउँपालिकालाई ११ करोड १३ लाख रुपैयाँ अनुदान रुपैयाँ पाएको छ ।
कुन प्रदेश र स्थानीय तहले कति पाए :